काठमाडौँको भीमसेन स्थानमा भीषण आगलागी

काठमाडौँ, १३ असोज । काठमाडौँ महानगरपालिका भीमसेनस्थानमा भीषण आगलागी भएको छ ।
सिलिण्डर पड्केर सुरु भएको आगलागीबाट तीन–चारवटा घर जलेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक निरीक्षक रवि चरणका अनुसार, आगलागी भएको स्थानमा नेपाल प्रहरीको समन्वयमा काठमाडौँ महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।
प्रहरीका अनुसार, घटनामा मानवीय क्षति भएको जानकारी आएको छैन र के कति घरमा कति नोक्सान भयो भन्ने विवरण पनि प्राप्त भएको छैन ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



