प्रतिनिधि सभा विघटन, अब २१ फागुनमा निर्वाचन हुने
काठमाडौँ, २८ भदौ । शुक्रबार राती पदभार ग्रहण गरेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद् विघटनको सिफारिस गरेकी छिन् ।
उनको सिफारिस शुक्रबार राती ११ बजे देखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् ।
साथै प्रधानमन्त्री कार्कीले आगामी २१ फागुनका दिन प्रतिनिधि सभाको निर्वाचनको मिति समेत तोकेकी छिन् ।
गत २३ र २४ भदौमा जेन जी नेतृत्वको आन्दोलनले राजनीतिक घटनाक्रम ऐतिहासिक रुपमा फेरिएको थियो । २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि झण्डै ७२ घण्टा देश प्रधानमन्त्रीविहीन बनेको थियो ।
संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
सम्पर्क इमेल : [email protected]