प्रतिनिधि सभा विघटन, अब २१ फागुनमा निर्वाचन हुने

56
Shares

काठमाडौँ, २८ भदौ । शुक्रबार राती पदभार ग्रहण गरेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् ।

उनको सिफारिस शुक्रबार राती ११ बजे देखि लागू हुने गरी राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

साथै प्रधानमन्त्री कार्कीले आगामी २१ फागुनका दिन प्रतिनिधि सभाको निर्वाचनको मिति समेत तोकेकी छिन् ।

गत २३ र २४ भदौमा जेन जी नेतृत्वको आन्दोलनले राजनीतिक घटनाक्रम ऐतिहासिक रुपमा फेरिएको थियो । २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि झण्डै ७२ घण्टा देश प्रधानमन्त्रीविहीन बनेको थियो ।

संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *