कोशीका स्वास्थ्य सचिव डा. घिमिरेले जिम्मेवारी सम्हाले

316
Shares

काठमाडौँ, १७ भदौ ।  कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेले आजबाट जिम्मेवारी सम्हालेका छन् ।

सोमबार (हिजो) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा घिमिरेलाई कोशी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

‘मैले आजै नियुक्ती पत्र पाएँ र मन्त्रालय पुगेर जिम्मेवारी सम्हाँले,’ छोटो प्रतिक्रिया दिदै डा. घिमिरेले भने ।

यसअघि साउन २६ गते संघीय सरकारको मन्त्रिपरिषद् बैठकले डा. घिमिरेलाई कोशी प्रदेश मुख्य मन्त्री कार्यालय मातहत रहने गरी सरुवा गरेको छ । सोही बैठकले त्यसबेला कोशीमा रहेकी स्वास्थ्य सचिव डा. राधिका थपलियालाई संघीय स्वास्थ्य मन्त्रालयमा सरुवा गरेको थियो ।

कोशी गएको तीन साता पछि डा. घिमिरेले जिम्मेवारी सम्हालेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *