वीरगञ्जमा हैजा सङ्क्रमण नियन्त्रण बाहिर छैनः प्रजिअ सुवेदी

8
Shares

काठमाडौँ, ११ भदौ । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगञ्जसहित आसपासमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।

केही समय अघि मात्रै जिम्मेवारीमा आउएका सुवेदीले आज यहाँ पत्रकारसँग भेटघाटमा हैजा सङ्क्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए ।

“हामी निकै संवेदनशील भएर हैजा सङ्क्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ”, उनले भने, “अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।”

प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचारात्मक र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताए ।

उनले भने, “हैजा सङ्क्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।”

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *