कान्तिपुर डेन्टल कलेज र भारतको माहे इन्स्टिच्युट अफ डेन्टल साइन्सबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, ७ भदौ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको पण्डिचेरीस्थित माहे इन्टिच्युट अफ डेन्टल साइन्स (माइन्डस्) बीच शैक्षिक सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा विद्यार्थी तथा संकाय आदानप्रदान, संयुक्त अनुसन्धान, सेमिनार र सम्मेलनको सह–आयोजनासहित ज्ञान र सीप आदानप्रदान हुने उल्लेख छ।
यस्तै दन्त उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै दुवै संस्थाले गुणस्तरीय शिक्षा र सेवा प्रवाह गर्ने लक्ष्य राखेका छन्।
यो सहकार्यबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी दन्त चिकित्सक तयार हुने र दक्ष मानव संसाधन उत्पादन हुने विश्वास व्यक्त गरिएको छ।
शुक्रबार भएको हस्ताक्षर समारोहमा कान्तिपुर डेन्टल कलेजका तर्फबाट अध्यक्ष डा.बुद्धिमान श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत प्रतीकमान श्रेष्ठले हस्ताक्षर गरेका थिए । यस्तै माइन्डस् तर्फबाट अध्यक्ष केपी रमेशकुमार र प्रिन्सिपल प्राडा अनिल मलेथले हस्ताक्षर गरेका छन्।
सम्पर्क इमेल : [email protected]