डेंगी नियन्त्रण गर्न काठमाडौँ महानगरले गर्यो ‘वाक एण्ड एक्ट’ कार्यक्रम
काठमाडौँ, ६ भदौ । वर्षायाममा डेंगी रोगको प्रकोप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले एक दिने ‘मेगा अभियान’ सञ्चालन गरेको छ ।
महानगरले शुक्रबार ‘वाक एण्ड एक्ट’ (खोज र नष्ट गर) विशेष अभियान सञ्चालन गरेको हो ।
महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीका अनुसार महानगरपालिका अन्तर्गतका सबै विभाग, इकाई, सचिवालय र आयोजनाका सम्पूर्ण कर्मचारीहरूलाई अभियानमा सहभागी हुन निर्देशन दिइएको छ ।
अभियान बिहान राष्ट्रिय सभागृह, काठमाडौँबाट सुरु भएको थियो। यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ता शुक्रबार गर्दै आएको थियो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]