डेंगी नियन्त्रण गर्न काठमाडौँ महानगरले गर्यो ‘वाक एण्ड एक्ट’ कार्यक्रम

32
Shares

काठमाडौँ, ६ भदौ । वर्षायाममा डेंगी रोगको प्रकोप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले एक दिने ‘मेगा अभियान’ सञ्चालन गरेको छ ।

महानगरले शुक्रबार ‘वाक एण्ड एक्ट’ (खोज र नष्ट गर) विशेष अभियान सञ्चालन गरेको हो ।

महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीका अनुसार महानगरपालिका अन्तर्गतका सबै विभाग, इकाई, सचिवालय र आयोजनाका सम्पूर्ण कर्मचारीहरूलाई अभियानमा सहभागी हुन निर्देशन दिइएको छ ।

अभियान बिहान राष्ट्रिय सभागृह, काठमाडौँबाट सुरु भएको थियो। यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ता शुक्रबार गर्दै आएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *