नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार नाघ्यो
काठमाडौँ, १ भदौ । नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार नाघेको छ ।
ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार गत पुसयता ३ हजार २ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।
डेंगी सक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८५ जनामा पुष्टि भएको छ ।
त्यसैगरी, बागमतीमा ६ सय २६, कोशीमा ५ सय ३० लुम्बिनीमा ४ सय ७४, सुदूरपश्चिममा ३ सय ५०, कर्णालीमा ८४ र मधेशमा ५३ जनामा डेंगी पुष्टि भएको डिसिडीले जनाएको छ ।
पछिल्लो चौबिस घण्टामा १२ जनामा डेंगी पुष्टि भएको छ । भने एकसाताको अवधिमा १ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म १ जना सङ्क्रमितको मृत्यु भएको छ ।
डेंगी सङ्क्रमण हालसम्म ७४ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]