नेपालमा डेंगी संक्रमितको संख्या ३ हजार नाघ्यो

44
Shares

काठमाडौँ, १ भदौ । नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या ३ हजार  नाघेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार गत पुसयता ३ हजार २ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।

डेंगी सक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८५ जनामा पुष्टि भएको छ ।

त्यसैगरी, बागमतीमा ६ सय २६, कोशीमा ५ सय ३० लुम्बिनीमा ४ सय ७४, सुदूरपश्चिममा ३ सय ५०, कर्णालीमा ८४ र मधेशमा ५३ जनामा डेंगी पुष्टि भएको डिसिडीले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा १२ जनामा डेंगी पुष्टि भएको छ । भने एकसाताको अवधिमा १ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म १ जना सङ्क्रमितको मृत्यु भएको छ ।

डेंगी सङ्क्रमण हालसम्म ७४ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *