स्याङ्जाको कालीगण्डकीमा निःशुल्क स्वास्थ्य शिविर, २०० बढी लाभान्वित

56
Shares

स्याङ्जा ।
स्याङ्जाको कालीगण्डकी–५, नयाँमिलमा बुधबार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । बीएम फाउन्डेशनको आयोजना तथा स्थानीय नवदीप यूथ क्लबको संयोजनमा नि:शुल्क शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा सामान्य उपचार, स्त्रीरोग, हाड जोर्नी तथा नशा रोग, छाला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो।

उक्त शिविरमा शिविरमा गाउँपालिका र आसपास क्षेत्रमा रहेका २०० बढी स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको फाउण्डेशनका संस्थापक एवं रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका असिस्टेन्ट गभर्नर डा. बुद्धिमान श्रेष्ठले बताए ।

स्थानीय ज्येष्ठ नागरिक दिल बहादुर नेपालीको स्वास्थ्य परीक्षण गरी शिविरको शुभारम्भ गरिएको थियो ।

जीएमसी अस्पताल पोखराबाट गएको चिकित्सक टोलीले शिविरमा आएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए।
शिविरमा हाड जोर्नी, उच्च रक्तचाप र मधुमेहका बिरामी धेरै थिए। थप उपचार आवश्यक भएका बिरामीलाई जीएमसी अस्पताल पोखरा रिफर गरिएको छ ।

कार्यक्रमको सहआयोजकमा रोटरी क्लव अफ काठमाडौँ नर्थ, रोटरी न्यातपोल, रोटरी क्लब अफ ग्रीनल्यान्ड काठमाडौँ, रोटरी क्लब अफ काठमाडौँ डाउन, रोटरी क्लब अफ ठमेल काठमाडौँ र जीएमसी अस्पताल पोखरा रहेका थिए।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *