एमबीबीएस पढाउने दुईवटा संस्था थपिए, मदन भण्डारी र पूर्वाञ्चललाई समान ५० सिट

1.8k
Shares

काठमाडौँ, २९ साउन । यसपटक देखि एमबीबीएस पढाउने थप दुईवटा संस्था थपिएका छन् । थपिएका ती दुबै सरकारी संस्थाहरु हुन् ।

चिकित्सा शिक्षा आयोगको २१ औँ बोर्ड बैठकले हेटौडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० सिट दिने निर्णय गरेको छ । यस्तै पूर्वाञ्चल विश्वविद्यालयले पनि एमबीबीएस पढाउन ५० सिट प्राप्त गरेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा प्रदीप ज्ञवालीले एमडीएमएस पछि प्रतिष्ठानले नयाँ कार्यक्रमको रुपमा एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गरे । ‘हामीले अघिल्लो शैक्षिक सत्र देखि एमडी एमएस ८ सिट पढाई रहेका छौँ । यसपटक एमबीबीएस पनि ५० सिटबाट सुरु गर्न पायौँ । हामी खुशी छौँ,’ उनले भने ।

प्रतिष्ठानमा यस अघि वीपीएच २० सिट, विएस्सी नर्सिङ २० सिट, बी फार्मा २० सिट र बीएमएलटी २० सिट अध्ययन हुँदै आएको थियो । यसपटक बीएस्सी नर्सिङ २० बाट बढेर ३० पुगेको पनि डा ज्ञवालीले सुनाए ।

उता पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा शैलेशमणि पोखरेलले औपचारिक जानकारी नआए पनि एमबीबीएसमा सिट पाइएको आफूले सुनेको बताए । उनले पूर्वाञ्चलले ५० सिटका लागि सेल्फ अप्राइजल भरेको समेत जानकारी दिए ।

यसअघि पूर्वाञ्चलनमा पनि नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, बीएमएलटी लगायतका विषयहरु सञ्चालन हुँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *