प्रतिष्ठानका नव नियुक्त चार उपकुलपतिहरुले सहकुलपति पौडेलको हातबाट बुझे पत्र

204
Shares

काठमाडौँ, २८ साउन ।  चारवाट प्रतिष्ठानमा मंगलबार नियुक्त भएका चार उपकुलपतिलाई बुधबार प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नियुक्ती पत्र हस्तान्तरण गरेका छन् ।

बुधबार दिउसो आफ्नो कार्यकक्षमा नव नियुक्त सबै (चार जना) उपकुलपतिलाई बोलाएर नियुक्ती पत्र हस्तान्तरण गरेका हुन्।

सो अवसरमा उनले सबै उपकुलपतिहरुलाई प्रतिष्ठानलाई अब्बल रुपमा अघि बढाउने कार्यमा खटिन समेत निर्देशन दिएका थिए ।

यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा पुजनकुमार रोकाया, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा भरतबहादुर खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बुद्धिप्रसाद पौडेल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा बिक्रमप्रसाद श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि नियुक्ती गरेका थिए ।

आजको पत्र हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयकासचिवद्वय डा विकास देवकोटा र डा डिल्लीराम शर्मा समेत उपस्थित थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *