यस्ता छन् संसद्‌मा प्रधानमन्त्री ओलीले राखेका स्वास्थ्यका विषयहरु

156
Shares

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै उनले आफ्नो तुर्कमेनिस्तान भ्रमण, समसामयिक राजनीतिक विषयवस्तु र आफू नेतृत्वको सरकार निर्माण भएपछि गरेका कामबारे संसद्‌मा फेहरिस्त प्रस्तुत गरेका हुन् ।

जसमा स्वास्थ्यसँग जोडिएका यी विषयहरु सम्बोधनका क्रममा आएका छन्।

  • गत आवमा १३१ पटक जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गरिएको छ ।
  • स्थानीय तहमा एक आधारभूत अस्पताल स्थापना गर्ने लक्ष्यअनुरुप निर्माणाधीन ४१५ वटा अस्पतालमध्ये ५५ वटा सम्पन्न भई सञ्चालनमा आएका छन् । यी अस्पताल सञ्चालनको लागि तीनै तहका सरकारको सहभागिता एवं समन्वय हुनेगरी आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१ कार्यान्वयनमा ल्याइएको छ ।
  • सातवटै प्रदेशमा जलन, मुटु, क्यान्सर र मिर्गौला रोगको उपचार सेवा विस्तार गरिएको छ । सुदूरपश्चिम प्रदेशबाहेकका सबै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा समेत सुरु गरिएको छ ।
  • पहिलोपटक नियमित खोप तालिकामा समेटिनेगरी पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप सञ्चालन गरिएको छ । यस अबधिमा करिब १६ लाख किशोरीलाई यो सेवा प्रदान गरिएको छ ।
  • आमनागरिकको स्वास्थ्य सेवामा वित्तीय सुरक्षा सुनिश्चित गर्न प्रवेश विन्दु तोकी दायरा विस्तार गरिएको छ । यसले प्रक्रियालाई सरल बनाएको छ । कडा रोगहरूको उपचारमा थप रु १ लाख पाउने व्यवस्था गरिएको छ ।
  • सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८१ जारी भएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *