‘हो, हामीले यातायात कार्यालयमा चार जना चिकित्सक खटाएका छौँ’
मंगलबारका दिन सामाजिक सञ्जालमा ‘कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई यातायात कार्यालयमा काजमा खटाएको ‘ पत्र भाइरल भयो । कतिपयले यातायात पछि अब चिकित्सकलाई हुलाकमा पनि पठाउनु भनेर व्यङ्ग्य गरेको देखिन्थ्यो । नेपाली हेल्थले यायायत कार्यालयमा चिकित्सक खटाइएको पत्रको सन्दर्भलाई लिएर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा . राधिका थपलियालाई केही प्रश्न सोधेको छ ? हेरौँ सम्छिप्त कुराकानीको जवाफ :

तपाईँहरुले त चिकित्सकलाई यातायात कार्यलयमा आफैले तलब खुवाउने गरी काजमा पठाउनु भएछ है ?
हो, हामीले एक महिनाका लागि चार जना चिकित्सकलाई यातायात कार्यालयमा कामकाज गर्ने गरी काजमा पठाएका छौँ ।
किन ?
त्यहाँ यातायात कार्यालयमा स्वास्थ्य परीक्षणको पनि काम हुन्छ । त्यसमा काम गर्नका लागि भनेर पठाएका हौँ ।
त्यो काम स्वास्थ्य मन्त्रालयको हो र ?
ठिक भन्नु भयो । यातायात कार्यलयमा सवारी चालक अनुमति पत्र लिनु अघि भिजन टेष्ट देखि स्वास्थ्यका विभिन्न परीक्षणहरु हुने गर्दछ । यसपटक आन्तरिक तथा कानून मन्त्रालय कोशी प्रदेशले अस्थायी ओएनएम गरेको छ र त्यसमा चारवटा दरबन्दी चिकित्सकको पनि राखेको छ । त्यो गत १ साउन देखि लागू हुने गरी स्वीकृत समेत भएको छ । सो अनुसार विज्ञापन आव्हान पनि भएको छ । तर त्यो सबै प्रक्रिया पुरा गरी चिकित्सकहरु काममा आउन केही समय त लाग्ने भयो । त्यसैले आन्तरिक तथा कानून मन्त्रालयले हामीलाई पत्र पठाएर एक महिनाका चिकित्सक उपलव्ध गराईदिनु भन्नु भयो । सोही अनुसार यातायात कार्यालय नजिक रहेका स्वास्थ्य संस्थाबाट चार जना चिकित्सकलाई काजमा खटाएका हौँ ।
त्यहाँ खटिने चिकित्सकहरुले के गर्नु हुन्छ ?
अहिले त विहान १० देखि ४ बजेसम्म सेवाग्राहीहरुलाई स्वास्थ्य परीक्षण अन्तर्गत तोकिएको सेवा दिनु हुनेछ ।
कतिवटा कार्यालयमा पठाउनु भएको छ ?
अहिले बिर्तामोड, मोरङ र इटहरी स्थित यातायात कार्यलयमा कामकाज गर्ने गरी चार जना चिकित्सक खटाएका छौँ ।
सम्पर्क इमेल : [email protected]