पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको निधन

84
Shares

काठमाडौँ, २३ साउन । पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको निधन भएको छ ।

लामो समयदेखि क्यान्सरबाट पीडित बस्यालको शुक्रबार बिहान ८:५० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३, तातापानीस्थित आफ्नै निवासमा निधन भएको हो।

उनी नेपाल दलित सङ्घका पूर्व अध्यक्ष, संविधान सभा २०६४ र २०७० का सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय सदस्य थिए।

उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *