२१ वर्ष पछि चुनावबाट छानिदै नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्य
३१ साउनसम्म सदस्यता खुल्ला, २२ कात्तिकमा निर्वाचन

काठमाडौँ, २३ साउन । नेपाल स्वास्थ्य व्यवसायी परिषदमा चार जना सदस्य निर्वाचनबाट आउने प्रावधान छ । तर २०६१ साल देखि सो प्रचलन हट्यो । हटेको मात्रै होईन निर्वाचनबाट आउने ती चार सदस्य पद विभागीय मन्त्रीका लागि नियुक्ती बाढ्ने पद बन्यो ।
तर १७ कात्तिक २०८० मा स्याङ्जाका एक स्वास्थ्य व्यवसायीले उच्च अदालत पाटनमा रिट दायर गर्दै चुनावको माग गरेपछि अदालतले २ फागुन २०८० मा उनको पक्षमा फैसला सुनाई दियो र नियुक्ती खाएका तत्कालीन चार सदस्य बाहिरिनु परेको थियो । परिषद्ले त्यस यताको झण्डै डेढ वर्ष पछि चुनाव गर्दै छ ।
उच्च अदालत पाटनको आदेश र परिषद्को गत ६ वैशाखको निर्णय अनुसार निर्वाचन कार्यक्रम अघि सारिएको रजिष्ट्रार लिलानाथ भण्डारीले बताए । उनका अनुसार निर्वाचनबाट आउने चार सदस्यका लागि २२ कात्तिक २०८२ मा निर्वाचनको मिति तोकिएको छ ।
रजिष्ट्रार भण्डारीले चुनावका लागि आफ्नो सदस्यता अद्यावधिक नगरेकाहरुलाई अध्यावधिक गर्न आगामी ३१ साउनसम्मको म्याद थप गरिएको समेत जानकारी दिए ।
- नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार जना सदस्यलाई हटाउन माग गर्दै उच्च अदालतमा रिट
- नेपाल स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको नियुक्ति खारेज
काउन्सिलका अनुसार अहिलेसम्म सबै समूहका गरि १ लाख ७० हजार बढी सदस्य रहेका छन् । तिनीहरुले आफ्नो समूहका सदस्यहरुलाई भोट हाल्नु पर्नैछ ।
निर्वाचनबाट आउने समूहमा जनस्वास्थ्य समूहबाट एक जना, चिकित्सा समूहबाट एक जना, चिकित्सा विज्ञान प्रयोगशाला, रेडियोलोजी, भौतिक चिकित्सा तथा पुर्नस्थापना समूहबाट एक जना र आयुर्वेद, दन्त विज्ञान, नेत्र विज्ञान तथा विविध समूहबाट एक जना सदस्य छानिने हो ।
१३ सदस्यीय कार्यसमितिमा को को अटछन् ?


सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

