बागमतीको स्वास्थ्य मन्त्रीमा पुन: किरण थापा

88
Shares
फाइल फोटो

काठमाडौँ, २० साउन । बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन भए पनि त्यहाँको स्वास्थ्य मन्त्रालयको नेतृत्वमा भने परिवर्तन नहुने भएको छ । प्रदेश सरकारको नेतृत्वमा ईन्द्रबहादुर बानियाले गर्ने भएपछि सत्ता गठबन्धन दल नेकपा (एमाले) ले आफ्नो भागमा परेका मन्त्रालयको मन्त्रीहरुको टुंगो लगाएको छ ।

छ वटा मन्त्रालय पाएको एमालेले एक जना पुरानै मन्त्रीलाई निरन्तरता दिने भएको छ भने अरु पाँच जना नयाँ अनुहार पठाउने भएको छ ।

पुनः नियुक्त हुने एकमात्र मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका किरण थापामगर हुन्। उनी पुनः बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त हुने भएका छन्।

एमालेले अन्य मन्त्रालयमा नयाँ अनुहारहरू अघि सारेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी काठमाडौंका जयराम थापालाई दिइएको छ भने वन तथा वातावरण मन्त्रालय दोलखाका भरतबहादुर केसीलाई दिइने भएको छ।

त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ललितपुरका मधुसुधन पौडेलले सम्हाल्ने छन्।

भौतिक पूर्वाधार विकास मन्त्रालय काठमाडौंका डा. दिनेशचन्द्र देवकोटाको जिम्मामा जाने भएको छ भने उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय काठमाडौंकी विन्दु श्रेष्ठको भागमा परेको छ।

यसैबीच, मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री बन्ने निश्चित भएको छ। पार्टीको आन्तरिक दबाबपछि पूर्वमुख्यमन्त्री लामाले राजीनामा दिएका थिए। बानियाँ कांग्रेस संसदीय दलको नेता चयन भइसकेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “बागमतीको स्वास्थ्य मन्त्रीमा पुन: किरण थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *