यस्तो बन्यो एपोनको नयाँ कार्यसमिति
काठमाडौँ, १९ साउन । नेपाल औषधी उत्पादक संघ (एपोन)को सोमबार सम्पन्न ३१ औँ बार्षिक साधारण सभाले विप्लव अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको पहिलो बैठकले सदस्यहरुको भदभार छुट्याएको छ ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष महेशप्रसाद प्रधान, बरिष्ठ उपाध्यक्षमा प्रभात रुङ्गाटा, उपाध्यक्षमा पृथ्वीराज भण्डारी (निजु) रहेका छन् । यस्तै महासचिव पदमा सन्तोष बराल, सचिव पदमा गिरिराज पाठक (गणेश), कोषाध्यक्ष पदमा सुमितचन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
सदस्यहरुमा शैलेश वैद्य, पंकज तिवारी, ईश्वर भण्डारी, शरदचन्द्र ओझा, सजलराज रेग्मी र प्रवन दाहाल रहेका छन् ।
यसअघि अध्यक्ष पदमा सर्वसम्मत भएपछि सदस्य पदमा पनि सर्वसम्मत गरिएको थियो ।
निर्वाचित ११ सदस्यहरुबाट बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष छानिएको हो ।
सम्पर्क इमेल : [email protected]