एपोन कार्य समितिको बाँकी ११ सदस्य पनि सर्वसम्मत रुपमा छानिए (सूची सहित)

208
Shares

काठमाडौँ, १९ साउन ।  नेपाल औषधी उत्पादक संघ (एपोन) ११ सदस्यीय कार्यकारी पदमा पनि सहमति भएको छ । अध्यक्ष पदमा सहमतिमा विप्लव अधिकारी चुनिएपछि ११ सदस्यीय कार्यकारी पदमा पनि सहमति भएको हो ।

स्रोतका अनुसार सहमतिबाट प्रभात रुङ्गटा, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ र गिरीराज पाठक ( गणेश)  सदस्यमा छानिएका छन् । यस्तै शैलेश वैद्य, सजलराज रेग्मी, पृथ्वी राज भण्डारी, सन्तोष बराल र प्रवन दाहाल पनि सर्वसम्मत रुपमा सदस्य पदमा छानिएका छन् ।

यसअघि ११ पदका लागि १५ जनाको उम्मेद्धारी परेको थियो । अध्यक्षमा सहमति भएपछि सदस्यहरुमा पनि सहमति हुनु पर्ने आवाज उठेको थियो । बैठकले पूर्व अध्यक्षहरुलाई सदस्यहरुको टुंगो लगाउन कार्यदेश दिएको थियो ।

बैठकको निर्णयलाई उम्मेद्धारहरुले पनि सहमति जनाएका थिए । सोही अनुसार पूर्व अध्यक्षहरुले सदस्यहरुको निर्णय गरेका हुन् ।

यसअघि नै अध्यक्ष पदमा विप्लव अधिकारी निर्वाचित भइसकेका छन् । प्रतिस्पर्धी बनेका दीपक दाहालले उम्मेद्धारी फिर्ता लिएपछि उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *