केडीसी – जनरल अस्पतालमा साउन महिना भर परीक्षण निशुल्क

64
Shares

 

काठमाडौँ, ५ साउन । बसुन्धरास्थित केडीसी – जनरल अस्पतालले साउन महिना भर परीक्षणका लागि आउने आम सर्वसाधारण तथा बिरामीका लागि निशुल्क सेवा उपलव्ध गराएको बताएको छ ।

अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार केडीसी जनलर अस्पतालमा सामान्य चिकित्सा तथा शल्यक्रियाका लागि निशुल्क परीक्षणको व्यवस्था गरिएको छ । यस्तै प्रसूति तथा स्त्री रोग परीक्षण सेवामा पनि पैसा नलिने बताइएको छ ।

अस्पतालले प्रयोगशाला परीक्षणहरुमा पनि साउन महिनाभर १५ प्रतिशत छुट सुविधा उपलव्ध गराउने निर्णय गरेको छ । त्यसमा एक्सरे सेवा, ल्याव टेष्ट, पाठेघरको मुखको जाँच(पापिस्मेयर) र भिडियो एक्सरे सेवा रहेको उनले बताए ।

कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमै केडीसी जनरल अस्पताल सञ्चालनमा रहेको छ । विशेषज्ञ चिकित्सकहरुको सहज उपलव्धता हुने त्यस अस्पतालमा सुलभ मूल्यमा सेवा उपलव्ध गराउँदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *