औषधी तथा स्वास्थ्य सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे औषधी आयातकर्ता र ब्यवसायीले पेश गरे सुझाव

244
Shares

काठमाडौँ, १२ बैशाख । नेपाल औषधि आयातकर्ता संघ र नेपाल औषधी व्यवसायी संघले औषधी तथा स्वास्थ्य सामग्रीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सन्दर्भमा आफ्ना राय तथा सुझाव सरकार समक्ष पेश गरेको छ ।

दुबै संस्थाका प्रतिनिधिहरुले शुक्रबार स्वास्थ्य तथा जनसंख्या सचिव डा विकास देवकोटालाई भेटी विधेयकका सम्वन्धमा छुट्टा छुट्टै सुझाव पेश गरेका हुन् ।

विधेयकका सम्वन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २८ चैतमा सचिवस्तरीय निर्णय गर्दै प्रमुख सरोकारा पक्षसंग सुझाव माग गरेको थियो । सोही आग्रह अनुसार आफूहरुले सुझाव पेश गरेको आयातकर्ता संघका महासचिव पवन आचार्यले बताए ।

उनले विद्यमान व्यवस्थामा धेरै कुराहरु परिवर्तन गर्नु पर्ने भएकाले आफ्नो संस्थाले विस्तृत रुपमा सुझाव पेश गरेको जानकारी दिए ।

नेपालको औषधी क्षेत्र अहिलेसम्म औषधी ऐन २०३५ बाट चलेको छ । सरकारले यसपटक यो ऐनलाई संसोधन गर्ने योजनामा लागेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *