प्रत्यारोपण केन्द्रमा सुरु भयो वैदेशिक रोजगारबाट फर्केकाहरुका लागि निःशुल्क ओपीडी क्लिनिक

२४ सै घन्टा अनलाइन परामर्श सेवा शुभारम्भ
48
Shares

काठमाडौँ ११ बैशाख । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा वैदेशिक श्रमिक रोजगारीबाट फर्केकाहरुको लागि निःशुल्क ओ.पि.डि. क्लिनिक सेवा शुरु भएको छ । अस्पतालले चौविसै घण्टा अनलाइन परामर्श सेवाको थालनी समेत गरेको छ ।

बिहीबार केन्द्रको १३ औं वार्षिक उत्सव समारोहको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यी दुबै सेवाको उद्घाटन गरे ।

सो अवसरमा बोल्दै मन्त्री पौडेलले नेपाली दाजु भाई तथा दिदि वहिनीको स्वास्थ्य नेपालमा मात्र नभइ वैदेशिक रोजगार गएको अवस्थामा आफ्नो  स्वास्थ्य सम्बन्धि सेवाको परार्मश सहज होस भन्नको लागि टोल फ्रि कल वा सोसियल मिडियाको प्रयोग गरि विदेशवाट समेत परार्मश लिन सक्ने व्यवस्था मिलाइएको बताए ।

उनले यो सेवा श्रम रोजगार मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहकार्य हुने गरी सुरु गरिएको समेत जानकारी दिए । उनले वैदेशीक रोजगारवाट व्यक्तिको स्वास्थ्य परीक्षण सुलभ र सहज रुपमा उपलब्ध गराउनको लागि छुट्टै निःशुल्क ओ पि. डि सेवा प्रारम्भ गरिएको बताए ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु अंग फेल हुने समस्या बढी देखिएको भन्दै उनले आफूले सबै भन्दा बढी माया गर्ने आफ्नै शरीर बचाउनको लागि यो अभियान सुरु  गरिएको जानकारी दिए ।

उक्त कार्यको लागि मोबाइल नं ९७६३४९०९०० मा ह्वाट्स एप र भाईबर सहितको सेवा चौविसै घण्टा उपलब्ध गराइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *