कविता :

त्याग्नलाई सुर्ती चुरोट, गरौँ आजै अठोट !

160
Shares

आयो कहाँबाट यस्तो डडेलो, कलेजो फोक्सो डडाउन
वर्षेनी हजारौँ ज्यान जान्छ पोलिन्छ, सकिएन निभाउन !!

देखिन्छ चुरोटका ठुटा बाटो डहर आँगन
लाजै नलाग्ने एक चिम्टी सुर्ती गुट्का मागन !!

साथीले सल्काउँछ पहिले माग्छ तान्छ सर्को भनि
बट्टाको झिकेर मिच, भन्छ च्याप्छु म पनि !!

यात्रा गाडी मिटिङ साथी नाकै छोप्दै छन् गन्धले
सेकेण्ड ह्याण्ड स्मोकरको रुपमा असरमा पर्दछन् मन्दले !!

सकियो धन पैसा थुक्दै आगो लगाउँदै
आफैले ल्याएको रोगमा औषधी मूलो गराउँदै !!

डडाउने भयो शरीर जावो चुरोट सुर्तीले
आँखा छलि च्याप्प, स्वार्र्र पार्दा भ्रमित फुर्तीले !!

प्रतिज्ञा गरे गरौँ आजैबाट सकिन्छ चुरोट सुर्ती छाड्न
लागौँ आज देखि धान भित्रको झार गोडेसरी गोडन !!

हैन मिटामिन खाना ज्यानमारा सुर्ती चुरोट
सकिन्छ त्याग्न यी विषाक्त तत्व गरे प्रतिज्ञा अठोट !!

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *