बर्डफ्लुको त्रासका कारण भारतको केन्द्रीय चिडियाखाना बन्द
नयाँदिल्ली, ३ कात्तिक – भारतको राजधानी नयाँदिल्लीमा रहेको केन्द्रीय चिडियाखाना अस्थायीरुपमा बन्द गरिएको छ ।
बर्डफ्लुका कारण चिडियाखानाका दुई चरा मरेपछि बर्डफ्लु नियन्त्रणका लागि बुधबारदेखि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको हो ।
मरेका चराको परीक्षण गर्दा बर्डफ्लुका जिवाणु भेटिएको चडियाखानाका अधिकारीहरुले जानकारी दिएका छन् । केही दिनभित्रमा मरेका नौ ओटा चराहरुमध्ये दुई ओटामा मात्रै बर्डफ्लुको जिवाणु भेटिएको उनीहरुको भनाइ छ ।
अधिकारीका अनुसार केहीदिनका लागि मात्रै बन्द गरिएकाले खतरा नहुने निश्चित भएपछि चाँडै नै चिडियाखाना पुर्ववत् अवस्थामा खुल्ला गरिनेछ । रासस/एएफपी
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




