स्वास्थ्यमा सरुवा :

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक डा. श्रीराम तिवारी, गजेन्द्र नारायण सिंह अस्पतालको मेसुमा डा. साह

736
Shares

काठमाडौँ, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र ठिमीको निर्देशक परिवर्तन गरेका छन् । गत बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै क्षयरोग केन्द्रमा डा. श्रीराम तिवारीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा. तिवारी सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट थिए ।

यसअघि क्षयरोग केन्द्रको निर्देशक रहेका डा प्रज्वल श्रेष्ठ भने काज फिर्ता भएपछि वीर अस्पतालमै फर्केका छन् ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार सप्तरीको अस्पतालमा भने डा प्रकाशप्रसाद साहलाई मेसु बनाएर पठाइएको छ ।

उनी यसअघि बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेसु थिए । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भने अहिलेलाई नयाँ मेसु पठाइएको छैन ।

शुक्रबारको नियमित ब्रिफिङ गर्ने क्रममा डा बुढाथोकीले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा. चन्द्रभाल झा र त्यहाँ निर्देशक रहेका डा. यदुचन्द्र घिमिरेलाई किटजन्य रोग अनुसन्धान केन्द्र हेटौडाको प्रमुख बनाएर पठाइएको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *