स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले आजबाट कार्यभार सम्हाल्ने

216
Shares

काठमाडौँ, १ चैत । स्वास्थ्य सेवा विभागका नव नियुक्त महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले आजबाट विभागको जिम्मेवारी सम्हाल्ने भएका छन् । अहिले विहान साढे १० बजे उनले विभाग पुगेर कार्यभार सम्हाल्ने बताएका छन् ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गत मंगलबार (२७ फागुन) मन्त्रिस्तरीय निर्णय गर्दै डा बाराकोटीलाई विभागको महानिर्देशक बनाएका थिए । तर उनले त्यसबेला नियुक्त गरिएको पत्र पाएका थिएनन । निर्णय भएको दोस्रो दिन बुधबार समेत पत्र नपाउँदा केही अन्योल समेत उत्पन्न भएको थियो ।

‘मलाई महानिर्देशक बनाउने २७ फागुनकै निर्णय हो । आज पत्र पाएको छु । आजै साढे १० बजे विभागमा गएर कार्यभार सम्हाल्छु,’ नेपाली हेल्थसंग डा. बाराकोटीले भने ।

यसअघि गत १२ फागुनमा स्वास्थ्य सचिव डा रोशन पोखरेल अवकाश भएपछिको रिक्त सचिव पदमा नव नियुक्त सचिव डा विकास देवकोटा सहित डा. बाराकोटी र डा. संगिता मिश्रा प्रतिस्पर्धामा थिए । तर सचिव हुन नसकेको डा. बाराकोटीले स्वास्थ्य सचिव पछिको उच्च मानिने विभागको महानिर्देशक पदको जिम्मेवारी पाएका छन् ।

 

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *