निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त

564
Shares

काठमाडौँ, २७ फागुन । निजामती कर्मचारी अस्पतालको निर्देशकमा प्राडा मोहनचन्द्र रेग्मी नियुक्त भएका छन् । आज बसेको अस्पताल विकास समितिको बैठकले प्राडा रेग्मीलाई निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चार वर्षे कार्यकालका लागि निर्देशक बनेका प्राडा रेग्मी सोही अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् ।

अस्पतालका यसअघिका निर्देशक प्राडा विधाननिधि पौडेलको चार वर्षे कार्यकाल गत २५ फागुनमा सकिएको थियो । त्यस अघि नै निर्देशक छनौटका लागि प्रक्रिया अघि बढी सकेको थियो ।

लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित निर्देशकका लागि नाम सिफारिस समिति समक्ष ११ जनाको आवेदन परे पनि अन्तिममा सो समितिले प्राडा रेग्मी सहित डा. प्रमोद यादव र डा. रुद्र मरासिनीको नाम सिफारिस गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *