लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशक बने रोशनलाल चौधरी
दाङ, २७ फागुन । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी नियुक्त भएका छन् ।
त्यहाँ निर्देशक रहेका डा विनोद गिरी अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको स्थानमा चौधरीलाई निमित्तको जिम्मेवारी दिइएको हो।
चौधरी निर्देशनालयमा नै कार्यरत दशौं तहका कर्मचारी हुन्।
सात महिना अघि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र लुम्बिनी प्रदेशबाट निर्देशनालयमा सरुवा भएका उनले जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।
विसं २०५१ सालबाट स्वास्थ्य सेवामा प्रवेश गरेका हुन् । उनीसंग विभिन्न जिल्लामा गएर सेवा दिएको अनुभव छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



