नेपाल मेडिकल काउन्सिललाई बैठक बस्न मन्त्रालयको ‘फुकुवा पत्र’ ! दशैँ अघि नै बैठक बस्ने

0
Shares

nmc

काठमाडौँ, १८ असोज -स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई अनुकुल समयमा बैठक राख्न सक्ने गरि पत्र पठाएको छ । गत भदौको पहिलो साता बैठक बस्ने तयारी भएको अन्तिम अवस्थामा मन्त्रालयले स्थगित गर्न निर्देशन दिएको थियो ।

काउन्सिल रजिष्टार डा दिलीप शर्माले मन्त्रालयबाट सोमबार पत्र आएको भन्दै अव छिटै बेठक बस्ने जानकारी दिए । ‘अध्यक्ष ज्यू बाहिर हुनुहुन्छ । त्यसैले राम्ररी सल्लाह भएको छैन् । तै पनि छिटै मिति तोक्नेछौँ,’ नेपाली हेल्थसंग डा. शर्माले भने, ‘सम्भवत दशै अगाडी नै बैठक बस्नेछ ।’

काउन्सिल सदस्यको नियुक्तिको विषयमा अख्तियारले प्रश्न उठाएपछि जेठमा बस्न लागेको यसबर्षको पहिलो बैठक स्थगित भएको थियो । त्यसपछि काउन्सिलले भदौको ७ र ८ गतेका लागि बैठक बस्ने भन्दै दोस्रोपटक मिति तोकेको थियो ।

तर बैठकको अघिल्लो दिन प्रधानमन्त्री कार्यालयबाट निर्देशन आएको भन्दै स्वास्थ्यमन्त्रालयले नबस्न मौखिक निर्देशन दिएपछि पुन स्थगित भएको छ ।

लामो समय बैठक बस्न नसक्दा मेडिकल कलेजका सिट, शुल्क लगायतका विषयमा निर्णय हुन सकेको छैन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *