चरीकोट घटना छानबिन गर्न समिति गठन

0
Shares

charikot

काठमाडौँ, १४ असोज –  सरकारले चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका सम्बन्धमा छानबिन गरी तीनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा रमेशविक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बिहीबार गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दीपक रिजाल रहेका छन् ।

समितिका सदस्य घटनाको विषयमा छानबिन गर्न हिजै चरीकोट तर्फ लागेका छन् । गत ७ असोजमा केन्द्रमा उपचारका क्रममा साढे दुई वर्षका बालक महादेव रिजालको मृत्यु भएपछि स्थानीयवासीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफ माग्न बाध्य पारेका थिए ।

घटनापछि नेपाल चिकित्सक सङ्घले विहिबार नै स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाडौँ ल्याएको छ । सम्पूर्ण स्वास्थ्यकर्मी काठमाडौँ आएपछि त्यहाँको आकस्मिकसहित अन्य स्वास्थ्य सेवा पनि ठप्प भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *