विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ७०.५६ प्रतिशत उत्तीर्ण

232
Shares

काठमाडौँ, २० मंसिर । विशेषज्ञ चिकित्सकका लागि नेपाल मेडिकल काउन्सिलले आज सञ्चालन गरेको विशेष परीक्षाको नतिजा प्रकाशित भएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार यसपटकको विशेष परीक्षामा ७०.५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।

काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षाका लागि २५० जनाले फारम भरे पनि आज २४८ जना सहभागि भएका थिए । त्यसमध्ये १७५ जना उत्तीर्ण भएका छन् । एक जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा विहान ११ बजे देखि १ बजेसम्म भएको परीक्षामा चिकित्सा शिक्षा तर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सकहरु सहभागि थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *