बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बरालको भारतमा विशेष सम्मान

40
Shares

काठमाडौँ, ६ कात्तिक ।  बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र बराललाई भारतमा विशेष सम्मान गरिएको छ । क्यान्सर रोगसंग सम्वन्धित भारतका चिकित्सकहरुको सबैभन्दा ठूलो संगठन इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजीले विशेष समारोहकाबीच गत शनिबार उनलाई सम्मान गरेको हो ।

डा. बराल गत शुक्रबार देखि आइतबार सम्म भारतको नयाँ दिल्लीमा आयोजना भएको इन्डियन सोसाइटी अफ मेडिकल एण्ड पेडियाट्रिक अंकोलोजी सम्मेलन २०२४ मा सहभागी हुन पुगेका थिए । सोही क्रममा डा. बराललाई सम्मान गरिएको हो ।

‘खासगरी क्यान्सर रोगको उपचारमा मैले पुर्‍याएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरेको आयोजकले जनाएको छ । सरप्राइजिङ रुपमा म प्रति गरिएको सम्मानले अत्यन्त खुशी छु,’ डा. बरालले भने ।

सार्क फेडेरेसन अफ अंकोलोजिस्टका पूर्वअध्यक्ष समेत रहेका डा. बराल विगत तीन दशकदेखि क्यान्सर बिरामीको उपचारमा संलग्न छन् ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *