अब डिजिटल कार्ड देखाएर स्वास्थ्य बीमाको सेवा लिन सकिने

0
Shares

काठमाडौँ, ९ मंसिर। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा आबद्ध बीमितले अब डिजिटल कार्ड वा स्वास्थ्य बीमाको विवरण स्पष्ट देखिने फोटोका आधारमा पनि सेवा लिन सकिने जनाएको छ ।

बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा आबद्ध बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न स्वास्थ्य बीमा परिचयपत्रको भौतिक प्रति वा डिजिटल कार्ड अथवा विवरण स्पष्ट देखिने फोटो पेस गर्न सक्ने जनाएको हो।

बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै भौतिक परिचयपत्र, डिजिटल कार्ड वा त्यसको फोटोकपीका आधारमा समेत सेवा उपलब्ध गराउन अनुरोध गरेको छ ।

यसले स्वास्थ्य बीमा परिचयपत्र साथमा नभएका बीमितहरुलाई स्वास्थ्य सेवा लिन थप सहज हुने जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *