नेपाली काँग्रेसको १५ औँ महाधिवेशन : मधेशी क्लस्टरबाट केन्द्रीय सदस्यमा डा. गरीव दास ठाकुरको उम्मेदवारी
काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा डा गरीबदास ठाकुरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
सरकारी सेवाबाट निवृत्त भएका डा ठाकुरले मधेशी क्लस्टरतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् । उनी सरकारी सेवाबाट निवृत्त भएपछि नेपाली काँग्रेसको पार्टी राजनीतिमा होमिएका थिए ।
उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रमुख स्वास्थ्य प्रशासकका रूपमा काम गरेका सेवा निवृत्त चिकित्सक हुन्। संक्रामक रोग विशेषज्ञका रूपमा पनि उनले स्वास्थ्य क्षेत्रका योगदान गर्दै आएका छन्।
पछिल्लो समय पनि मधेशका राजनीतिक तथा समसामयिक विषयमा उनले सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्।
मधेशी क्लस्टरतर्फ ८ जना केन्द्रीय सदस्य निर्वाचित हुने कोटा छ। सोही कोटामा डा.अञ्जनीकुमार झाले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 


