बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशक पदमा प्राडा मिनु चौधरी नियुक्त

164
Shares

काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) अन्तर्गतको बीपी कोइराला लायन्स नेत्र अध्ययन् केन्द्रको कार्यकारी निर्देशक पदमा प्राडा मिनु चौधरी नियुक्त भएकी छन् ।

मंगलबार बसेको त्रिवि कार्यकारिणी परिषद्को बैठकले केन्द्रकी कोर्निया विशेषज्ञ प्राडा चौधरीलाई चार वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यो संगै प्राडा चौधरीले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको पहिलो महिला कार्यकारी निर्देशकको रुपमा इतिहास कायम गरेकी छन् । उनले आजै केन्द्रमा गएर कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी छन् ।

यसअघि सेन्टरको कार्यकारी निर्देशक प्राडा सगुननारायण जोशी थिए । उनको झण्डै सात महिना अघि पदावधी सकिएपछि त्रिविले नयाँ कार्यकारी निर्देशकको लागि नाम सिफारिस गर्न समिति गठन गरेको थियो । सो समितिले कात्तिकको १४ गते सूचना प्रकाशित गर्दै आवेदन माग गरेको थियो ।

नव निर्देशक प्राडा चौधरी नेपाल अप्थाल्मिक सोसाइटीको निवर्तमान अध्यक्ष हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *