विशेष अदालतको फैसला:

विशेष अदालतद्धारा स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडाका निर्देशक डा. सापकोटासहित आठ जनालाई सफाइ

772
Shares

काठमाडौँ, १७ चैत । कोभिड – १९ विरुद्धको सुरक्षा सामग्री खरिदसम्बन्धी भ्रष्टाचार आरोप लागेका स्वास्थ्य आपूर्ति व्यवस्थान केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुनप्रसाद सापकोटासहित आठ जनाले सफाइ पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८ मंसिरमा दायर गरेको मुद्दामा विशेष अदालतले गत १५ चैतका दिन फैसला सुनाउँदै उनीहरु सबैलाई सफाइ दिएको हो।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले खरिदमा बदिनियत पुष्टि हुने वस्तुनिष्ठ प्रमाण नभएको भन्दै सफाइ दिएको हो।

उनीहरुमाथि अख्तियारले मिलेमतोमा चौथो कम कबोल गर्ने कम्पनीसँग मिलेर ३१ लाख १७ हजार रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको थियो। कम कबोल गर्ने कम्पनीलाई जानी-जानी अनुत्तीर्ण गराई अनियमितता गरेको अभियोग थियो।

अदालतको फैसलापछि निलम्बनमा रहेका केन्द्रका तत्कालीन निर्देशक डा. अर्जुनप्रसाद सापकोटा, लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेनेटर टेक्निसियन रविकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, लेखा नियन्त्रण कार्यालयका लेखा अधिृकत नेत्रनरसिंह कार्की र जनमुक्ती हेल्थ इन्टरप्राइजेजका सञ्चालक नवराज श्रेष्ठपुन नियमित काममा क्रियाशिल हुन बाटो खुलेको छ ।

फैसला पछि सापकोटाले प्रतिक्रिया दिदै अदालतले न्याय गरेको र अब एक दुई दिन भित्रै आपूर्ति केन्द्रमा पुगेर जिम्मेवारी सम्हाल्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *