के अघिल्ला सरकारका पालामा राजनीतिक नियुक्ती लिएकाहरु अब हटनु पर्ने हो ?
नेपाली हेल्थ २०८२ चैत ७ गते २०:३७ 1 
काठमाडौँ, ७ चैत । यसअघि लामो समय सत्ताको नेतृत्व त्यसबेलाका तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले र हालको नेपाली कम्युनिष्ट पार्टीले पालै – पालो गर्यो ।
यसपटकको निर्वाचनले भने त्यसबेलाका तीन ठूला दललाई सानो सानो बनाईदिएको छ भने तीन वर्ष अघि मात्रे स्थापना भएको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ठूलो बनाईदिएको छ ।
गत २१ फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनबाट एकल रुपमा झण्डै दुई तिहाई सिट जितेको रास्वपाले अबको पाँच वर्ष एकल सरकार बनाउने विश्वास गरिएको छ ।
निर्वाचन अघि नै रास्वपाले जित्दा बालेन्द्र शाह प्रधानमन्त्री बन्ने घोषणा गरिएको थियो । सोही अनुसार आगामी १३ चैतका दिन नेपालको नयाँ प्रधानमन्त्री बालेन्द्र शाह बन्ने छन् । रास्वपाले उनको नेतृत्वमा १५ – १६ जनाको सानो मन्त्रिपण्डल बनाउने बताइसकेको छ । त्यसमा विषयविज्ञ रहने समेत स्पष्ट पारेको छ । यस्तोमा अबको मन्त्रीमण्डलमा को को जाँदैछन् त्यसबारेमा अनुमान तथा चर्चा परिचर्चा चलि रहेको छ ।
यति नै बेला अर्को पनि चर्चा चलेको छ,’अघिल्ला सरकारका पालमा राजनीतिक नियुक्ती लिई बसेका पदाधिकारीहरुको पद अब के हुन्छ ?’ सामाजिक सञ्जालमा यतिवेला रास्वपा स्रोत भन्दै फाटफुट रुपमा अघिल्लो सरकारको पालामा नियुक्त खाएकाहरुले अब नपाउने वा राजिनामा दिनु पर्ने खबर आउन थालेको छ ।
यसले यस अघिका सरकारका पालामा ठाडो नियुक्ती लिएकाहरुलाई अन्योलमा पार्न थालेको छ ।
तथा जनसंख्या मन्त्रालय कै मन्त्रिपरिषद् तथा मन्त्रीस्तरीय निर्णयबाट परिषद्, बोर्ड तथा समितिमा नियुक्ती लिएका धेरै छन् ।
‘के अब उनीहरु विदा हुनु पर्ने हो ?’ रास्वपाका एक पदाधिकारी भन्छन, ‘अहिल्यै त्यो दिशामा सोचिएको छैन । तर जिम्मेवार पदाधिकारीहरुको परफरमेन्स भने अब हेरिन्छ । यसअघि दल निकट वा नेता तथा मन्त्रीको चाकडीबाट कतिपयले नियुक्ती लिए होलान तर अब त्यस्तो नहोला, पदमा बस्नेले नतिजा कस्तो दिएको छ । अब पक्कै त्यो हेरिन्छ । काम गर्न सक्ने र जान्नेले निरन्तरता पाउँछ, नतिजा दिन नसक्नेले त पद ओगटेर बस्ने अवस्था नहोला,’ ती पदाधिकारीले भने ।
उनले ऐन कानून अनुसारकै नियुक्ती हुने भएकाले हटाउने भन्दा पनि ‘क्यापेवल’ मान्छे हो कि होइन भनेर पहिले हेरिने पनि स्पष्ट पारे ।
‘अबको सरकारलाई पहिले जस्तो ढिला सुस्ती गर्ने छुट छैन । त्यहि अनुसारको टिम बन्छ र काम हुनुपर्छ । स्पिरिट अनुसार काम गर्न सक्नेले काम गर्छ नसक्ने विदा लिन्छ । यत्ति हो,’ उनले भने ।
त्यसो त रास्वपाले बालेन नेतृत्वको सरकार गठन गठन भएको १०० दिन भित्र देश परिवर्तनको दिशामा हिडेको संकेत दिने काम सुरु गर्ने योजना बनाइरहेको बुझिएको छ ।
त्यसका लागि पार्टी सभापति रवि लामिछाने, उपाध्यक्षद्धय डिपी अर्याल र डा स्वर्णिम वाग्ले तथा बरिष्ठ नेता बालेन्द्र शाहबीच छलफल भइरहेको छ ।
उनीहरुले तयार पारेको विज्ञ तथा प्राविधिक एवं सल्लाहकार टिमले आवश्यक गृहकार्य गरिरहेको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]
One thought on “के अघिल्ला सरकारका पालामा राजनीतिक नियुक्ती लिएकाहरु अब हटनु पर्ने हो ?”
Leave a Reply to Chuda Mani Bhandari Cancel reply
-
के अघिल्ला सरकारका पालामा राजनीतिक नियुक्ती लिएकाहरु अब हटनु पर्ने हो ?
-
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदान गर्ने पुरस्कारका लागि दरखास्त आह्वान
-
किष्ट मेडिकल कलेजमा गरिएको कलेजो प्रत्यारोपण सम्बन्धि अध्ययन् अन्तर्राष्ट्रिय मञ्चमा
-
त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक ‘रिभर्स शोल्डर आर्थ्रोप्लास्टी’ सफल
-
‘बालेन सरकार’को स्वास्थ्य मन्त्री को ?
-
-
स्वास्थ्य बीमा व्यवस्थापनबारे अर्थ मन्त्री खनाल : ‘त्यहाँ त कल्पना गर्न सकिने सबै विकृति छ रे’
-
सिलिङमा नौ अर्ब बढीले घटेर आयो स्वास्थ्यको बजेट
-
‘बालेन सरकार’को स्वास्थ्य मन्त्री को ?
-
कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच बाल क्यान्सर उपचारका लागि सहकार्य गर्ने समझदारी
-
स्वास्थ्य बीमा कार्यक्रम अब राष्ट्रिय परिचय पत्रसँग जोडियो
-





राम्रो सुरुवात हुन सक्छ! मौका दिऊँ न अब केही त पुनः selection हुन पनि सक्ने हुन्छ नि स्वच्छ भएमा!