नेपाल मेडिकल काउन्सिल निर्वाचन अपडेट : २००० गणना हुँदा कसको भोट कति ?

240
Shares

काठमाडौँ, १३ पुस । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तर्गत पछिल्लो अपडेट प्राप्त भएको छ ।

निर्वाचन समितिका प्रमुख प्राडा रविन्द्रमान श्रेष्ठका अनुसार अहिलेसम्म २००० मत गणनाको परिणाम सार्वजनिक भएको छ । मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा अहिलेसम्म डा गुरुशरण साह ९८४ मतका साथ अग्रस्थानमा छन् । उनलाई डा कुञ्जाङ शेर्पाले ६८३ मतका साथ पच्छ्याएका छन् ।

आठ जना सदस्य पदमा सबैभन्दा बढी डा. सारिका गोइत ९७६ मतका साथ अग्रस्थानमा छिन् । दोस्रो स्थानमा ८४९ मतका साथ डा छविलाल पन्थी रहेका छन् ।

डा युविन कुमार यादव अहिले ८१६ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

डा दिपेन्द्र पाण्डे ६०८ मतका साथ चौथो स्थानमा छन् ।

डा सरोजकुमार साह ५९९ मतका साथ पाँचौँ स्थानमा रहेका छन् ।

यसैगरी ५७० मतका साथ डा सम्राट पराजुली छैटौ स्थानमा छन् ।

५६३ मतका साथ डा उज्वल ठाकुर सातौँ स्थानमा रहेका छन् ।

यस्तै आठौँ स्थानमा ५१९ मतका साथ डा घनश्याम पाण्डे छन् ।

डा रबिन बस्नेत ५१३ मतका साथ नवौँ स्थानमा छन् ।

दशौँ स्थानमा ५०२ मतका साथ डा अस्मिता पोखरेल आएकी छन् ।

डा कुम्भराज जोशी भने ४८० मतका साथ एघारौँ स्थानमा छन् ।

बाह्रौ स्थानमा भने ४६६ मतका साथ डा सरोजकुमार गोहियार रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *