नेपाल मेडिकल काउन्सिलको सदस्य पदमा डा. गोपालकुमार चौधरी नियुक्त

काठमाडौँ, २१ मंसिर । नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा डा. गोपालकुमार चौधरी नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै डा चौधरीलाई काउन्सिलको सदस्य पदमा चार वर्षका नियुक्त गरेकी हुन् ।
फरेन्सिक विज्ञ रहेका डा. चौधरी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का उपप्राध्यपक हुन् ।
मंसिरको पहिलो साता मात्रै मन्त्री डा शर्माले डा. प्रकाश बुढाथोकी र डा. इन्द्रकुमार झालाई सदस्यमा मनोनित गरेकी थिईन् । तर, एक जना सदस्य बाँकी नै थियो ।
डा. चौधरीको नियुक्तीले काउन्सिलको १९ सदस्यीय पदाधिकारी तथा सदस्यको टिम पूर्ण भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



