नेपाल मेडिकल काउन्सिल निर्वाचनका लागि २१ स्थानमा तोकियो मतदान केन्द्र

164
Shares

काठमाडौँ, १८ मंसिर । आगामी ४ पुसबाट हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ। नेपाल मेडिकल काउन्सिलको निर्वाचन समितिले २१ वटा मतदान केन्द्र तोकेको हो ।

त्यसरी तोकिएको मतदान केन्द्रहरुमा प्रादेशिक अस्पताल भद्रपुर झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, प्रादेशिक अस्पताल लहान, जनकपुर प्रादेशिक अस्पताल धनुषा, नारायणी अस्पताल वीरगञ्ज रहेका छन् ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा, भरतपुर अस्पताल चितवन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, पाल्पा अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रादेशिक अस्पताल कर्णाली, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, नेशनल एसेम्बली काठमाडौं र नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ अस्पताल ललितपुर छन्।

काउन्सिलको निर्वाचन काठमाडौं बाहिर पुष ४ र ५, काठमाडौं भित्र पुष ११ र १२ गते हुँदैछ। काउन्सिलमा एक उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन हुन लागेको हो। सदस्यका लागि ३३ जनाको उम्मेद्वारी परेको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *