इमाडोलमा स्थापना भयो स्वास्थ्य प्रवर्धन केन्द्र, स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु तोकियो

108
Shares

ललितपुर,२७ कात्तिक । इमाडोल स्वास्थ्य चौकी स्तरोन्नति भएर स्वास्थ्य प्रवर्धन केन्द्र बनेको छ । महालक्ष्मी नगरपालिका, ललितपुर र स्वास्थ्य बीमा बोर्डको सहकार्यमा उक्त चौकीलाई स्तरोन्नति गरी स्वास्थ्य प्रवर्धन केन्द्र बनाइएको हो ।

यससंगै स्वास्थ्य बीमा बोर्डले उक्त केन्द्र स्वास्थ्य बीमाका लागि प्रथम सेवा विन्दुको रुपमा समेत सूचीकृत गरेको छ ।

त्यसो त, यस केन्द्र महालक्ष्मी नगरपालिकाका वडा नं। १, २, ३, ४, ५ र ६ लाई लक्षित गरी स्थापना गरिएको हो। स्वास्थ्य बीमाका लागि प्रथम सेवा विन्दु भएसंगै नगरवासीले स्वास्थ्य बीमासम्बन्धी सेवा स्थानीय तहमै सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

बुधबार आयोजित समारोहमा महालक्ष्मी नगर प्रमुख हरिगोविन्द श्रेष्ठ र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले इमाडोल स्वास्थ्य प्रवर्धन केन्द्रको स्थापना महालक्ष्मी नगर क्षेत्रभित्र स्वास्थ्य सेवा प्रवाहलाई थप सुदृढ र सहज बनाउनका लागि कोषेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगाना, इमाडोल स्वास्थ्य प्रवर्धन केन्द्रका प्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *