ईडीसीडीमा डा. न्यौपाने, नारायणीमा डा. साह

508
Shares

काठमाडौँ, १९ कात्तिक । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक रहेका डा चन्द्रभाल झा कोशी अस्पताल विराटनगर फर्किने भएपछि त्यहाँ रिक्त रहेको पदमा डा. रोशन न्यौपानेलाई पठाइएको छ ।

स्वास्थ्यमन्त्री डा. सुधा शर्माले कोशीबाट काजमा ल्याइएका डा. झाको काज फिर्ता गरेपछि रिक्त पदमा डा न्यौपाने निर्देशक बनेर गएका हुन् ।

यस्तै नारायणी अस्पताल वीरगञ्जका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आएपछि उनको ठाउँमा त्यहिका चिकित्सक डा. चित्तरञ्जन साहलाई जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो ।

स्वास्थ्य मन्त्री डा. शर्माले मंगलबार विभागका महाशाखा प्रमुख तथा केही अस्पताल निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेकी थिईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *