मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा. पौडेल नियुक्त

224
Shares

काठमाडौँ, १८ कात्तिक । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा डा. इन्दिरा अधिकारी पौडेल नियुक्त भएकी छन् ।

प्रतिष्ठानमा कार्यरत नर्सिङ विभागको विभागीय प्रमुख सह–प्राध्यापकमा कार्यरत उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को दफा २१ बमोजिम डीनमा नियुक्त गरिएको हो ।

नियुक्तिसँगै डा. पौडेलले प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक नेतृत्व सम्हाल्ने छिन् । उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी छन् ।

डा. पौडेलले प्रतिष्ठानको नर्सिङ विभागको विभागीय प्रमुख को रूपमा ३ वर्ष ६ महिनादेखि काम गर्दै आएकी छिन् भने त्यसअघि मनमोहन इस्टिच्यसट अफ मेडिकल साइन्स र चितवन मेडिकल कलेज भरतपुरमा काम गरिसकेकी छन् ।

डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा सक्रिय रहदै आइकी छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *