नर्सहरूका माग तत्काल सम्बोधन गर्न प्रचण्डको आग्रह

32
Shares

काठमाडौंँ १२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नर्सहरुका माग तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

आज सामाजिक संजाल फेशबुकमार्फत दाहालले नर्सहरुको माग सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका हुन् ।

नर्सहरुको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न नसक्ने प्रचण्डको भनाई छ ।

उनले लेखेका छन्–

यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत् छन्। नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन। त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *