किष्ट अस्पतालले सञ्चालनमा ल्यायो प्यालियटिभ केयर युनिट

40
Shares

काठमाडौँ, २८ असोज । ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सरका बिरामीलाई लक्षित गर्दै प्यालियटिभ केयर युनिट सञ्चालनमा ल्याएको छ ।

सोमबार अस्पतालले एक कार्यक्रम गर्दै सानु खड्की लगायत बिरामी तथा बिरामीका आफन्तको हातबाट सो सेवाको सुरुवात गरेको हो ।

क्यान्सर सम्बन्धि सर्जरी, किमोथेरापी, इम्युनोथेरापी, टार्गेटेड थेरापी र हर्मोनल थेरापी लगायत उपचार सेवा दिदै आएको अस्पतालले प्यालियटिभ केयर समेत सुरु गरि क्यान्सरको दुखाइ नियन्त्रण, भावनात्मक तथा आध्यात्मिक परामर्श जस्ता सेवा एकै ठाउँमा उपलब्ध गर्ने बताएको छ ।

यसैबीच सेवा शुभारम्भको अवसरमा अस्पतालले पहिलो एक महिना प्यालियटिभ केयर निशुल्क गर्ने निर्णय गरेको छ । क्यान्सरका कारण जीवनको अन्तिम अवस्थामा पुगेका बिरामीका लागि २७ असोज देखि कात्तिक मसान्तसम्म यो सुविधा लागू हुने बताएको छ ।

के हो प्यालियटिभ केयर ?

क्यान्सरको उपचारको अन्तिम चरणमा बिरामी शारीरिक पीडा, मानसिक तनाव र सामाजिक एक्लोपनको सामना गरिरहेका हुन्छन।

यस्तो अवस्थामा चिकित्सा सम्वन्धि मात्र उपचार नभई भावनात्मत तथा शारीरिक रुपमा सहज मृत्युको लागि सान्त्वना तथा गरिने स्नेह पुर्ण केयर हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *