क्यान्सरको उपचारमा प्रयोग हुने रेडियोधर्मी औषधी (आइसोटोप्स) उत्पादन गर्ने प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ, २४ असोज । सरकारले क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधीको उत्पादन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बिहीबार क्यान्सर अस्पतालमा त्यहाँ उपचारका रहने क्यान्सरका बिरामीका लागि प्रयोग हुने रेडियोधर्मी औषधीको उत्पादन नेपालमै गर्नका लागि मात्र आणविक अनुसन्धान केन्द्र तुरुन्त खोल्ने विषयमा आवश्यक छलफल गरेर अगाडी बढाउने निर्णय भएको बताएका छन् ।
रेडियोधर्मी (रेडियो आइसोटोप्स) क्यान्सरको अवस्था पत्ता लगाउन गरिने पेट सिटिस्क्यानका लागि प्रयोग हुने रेडियोधर्मी औषधी हो । अहिले नेपालमा पेटसिटीको सुविधा राखेका केही निजी स्वास्थ्य संस्थाहरुले भारतबाट रेडियो आइसोटोप्स ल्याएर सेवा दिने गरेका छन् ।
रेडियो आईसोटोप्स औषधी उत्पादन भएको केही मिनेट घण्टामै प्रयोग भईसक्नु पर्ने भएकोले भारतबाट ल्याउन समेत निकै कठिनाई हुने चिकित्सक तथा यसका सञ्चालकहरु बताउँछन् । आइसोटोप्स भारतबाट मगाउनु पर्ने भएकोले बिरामी पक्ष यसको परीक्षणका लागि शुल्क समेत निकै नै महंगो तिर्नु पर्ने बाध्यतामा छन् ।
सरकारले विसं २०७० साल देखि नै पेट सिटिस्क्यान मेसिन खरीद प्रक्रिया अगाडी बढाउन थालेको हो । तर अहिलेसम्म सफलता प्राप्त गर्न सकेको छैन । यसपटक भने भक्तपुर क्यान्सर अस्पतालले पेट सिटिस्क्यान मेसिन खरीद गर्ने गरी प्रक्रिया अघि बढाउँदै छ ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले यसपटक पेटसिटीस्क्यान मेसिन खरीद गर्ने गरी आफूहरु अघि बढेको बताएका छन् ।
सरकारी अस्पतालमा पेटसिटिस्क्यान मेसिन आउने र आइसोटोप्स उत्पादन समेत नेपालमै हुने अवस्था बनेमा क्यान्सरका बिरामीहरुको उपचारका लागि सहजता थपिन्थ्यो ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 
