यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा

करीब २७ लाख बालबालिकालाई भिटामिन ए खुवाईदै
112
Shares

काठमाडौँ, २० असोज । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी २० र २१ कात्तिकमा सञ्चालन हुने भएको छ ।

नियमित तालिकामा यस वर्ष तिहार परेका कारण पहिलो चरणको कार्यक्रम २० र २१ कात्तिकमा तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

महाशाखाले दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइने लक्ष्य लिएको छ ।

यस्तै ६ महिनाभन्दा माथिका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने महाशाखाले जनाएको छ ।

आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *