नेपालमा डेंगी संक्रमितको संख्या ५ हजार नाघ्यो

28
Shares

काठमाडौँ, ९ असोज । नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ ।

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार गत पुसयता ५ हजार २३ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको हो ।

डेंगी सक्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार २ सय ९५ जनामा पुष्टि भएको छ ।

त्यसैगरी, बागमतीमा १ हजार १ सय ३२, लुम्बिनीमा ८ सय ८१, कोशीमा ७ सय ३६ सुदूरपश्चिममा ५ सय ८२, कर्णालीमा २ सय ९५ र मधेशमा १ सय २ जनामा डेंगी पुष्टि भएको डिसिडीले जनाएको छ ।

पछिल्लो चौबिस घण्टामा ४० जनामा डेंगी पुष्टि भएको छ । भने एकसाताको अवधिमा २ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म २ जना सङ्क्रमितको मृत्यु भएको छ ।

डेंगी सङ्क्रमण हालसम्म ७५ जिल्लामा देखिएको  छ । डोल्पा र मनाङ २ जिल्लमा भने  संक्रमण पुष्टि नभएको महाशाखाले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *