चिकित्सा शिक्षा आयोगद्धारा डीएम/एमसीएचतर्फ एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित

228
Shares

काठमाडौं, ७ असोज ।  चिकित्सा शिक्षा आयोगले डीएम/एमसीएच तर्फ एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ । गत ४ असोजमा लिइएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको हो ।

आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा सेवा गरे वापतको अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको हकमा एकीकृत प्रवेश परीक्षामा प्राप्त गरेको अङ्कमा अनुभव र दुर्गम क्षेत्रमा काम गरे वापतको अङ्क समेत जोडी कायम हुन आएको कूल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरेको बताएको छ ।

प्रवेश परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *