संवैधानिक दायरामा रहेर मुलुकलाई कसरी निकास दिन सकिन्छ भनेर बिचार बिमर्शमा छु : राष्ट्रपति

76
Shares

काठमाडौँ, २६ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार बिमर्शमा रहेको बताएका छन् ।

गत मंगलबार जेन जी आन्दोलनले हिंसात्मक रुप लिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालेको छ । नयाँ सरकार गठनका लागि समेत सेनाले अग्रसरता लिएर विभिन्न पक्षसंग छलफल अघि बढाएपछि राष्ट्रपतिको अवस्थाका बारेमा कुरा उठेको थियो । कतिपयले राष्ट्रपतिलाई सार्वजनिक गर्न भन्दै अभियान नै सुरु गरेका थिए ।

राष्ट्रपति पौडेलको नाममा जारी विज्ञप्तमिा आन्दोलनकारी नागरिकको माग सम्वोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भईरहेको कुरामा विस्वस्त हुन र संयम्तापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *